२०८३ बैशाख ३ गते , विहीबार

चितवन २ बाट रास्वपा सभापति लामिछानेको ह्याट्रिक जित

sajilo news
झापा
२०८२ फाल्गुन २३ गते , शनिबार
चितवन २ बाट रास्वपा सभापति लामिछानेको ह्याट्रिक जित

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरेर विजयी भएका छन्। उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसकी मिना कुमारी खरेलले १४ हजार ५६४ मत ल्याइन्। लामिछाने ३९,८३८ मतान्तरले निर्वाचित भएका हुन्।

लामिछाने तेस्रो पटक सांसदमा निर्वाचित भएका हुन्। यस अगाडि २०७९ सालमा पहिलो पटक निर्वाचित भएका लामिछानेको नागरिकता खारेज भएपछि पुन उपनिर्वाचन हुँदा पुनस् निर्वाचित भएका थिए। एमालेका अस्‍मिन घिमिरेले ६,९९२ मत ल्याउँदै तेस्रो बने भने, नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरुङ्ग ४,९६९ मत प्राप्त गरे।

सम्बन्धित समाचार