२०८३ बैशाख ३ गते , विहीबार
झापा-३ को मतगणना ८ बजेबाट सुरु गरिने
झापा-३ मा आज बिहान ८ बजेबाट मतगणना सुरु हुने भएको छ । जिल्ला समन्वय समिति भद्रपुरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएराति बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो ।
झापा ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, रास्वपाका प्रकाश पाठक, एमालेका हरि राजवंशी, काँग्रेसका राजेन्द्र घिमिरे, नेकपाका डिल्लीराम घिमिरे लगायत निर्वतमान चुनावी मैदानमा छन् । क्षेत्र ३ मा १ लाख ४० हजार ८५७ मतदाता रहेकोमा ८८ हजार ४४९ मत खसेको छ ।