२०८३ बैशाख ३ गते , विहीबार

झापा-१ मा विहान ८ बजेदेखि मतगणना, अन्य क्षेत्रहरुमा सुरु गर्ने तयारी

sajilo news
पार्थ मण्डल
२०८२ फाल्गुन २२ गते , शुक्रबार
झापा-१ मा विहान ८ बजेदेखि मतगणना, अन्य क्षेत्रहरुमा सुरु गर्ने तयारी

झापा क्षेत्र नम्बर १ मा शुक्रबार बिहान ८ बजेबाट मतगणना सुरु हुने भएको छ । मेचीनगर नगरपालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार राति बसेको सर्वदलीय बैठकले शुक्रबार बिहान ८ बजेबाट मतगणना गर्ने निर्णय गरेको हो । त्यस्तै झापा क्षेत्र नम्बर २, ३, ४ र ५ मा मतपेटिका रुजु गर्ने काम सकिसकेको छ । यो समाचार तयार पारुन्जेल झापा ५ मा सर्वदलीय बैठक बसिरहेको छ । 

अबको केही बेरमै २, ३, ४ क्षेत्रहरूमा सर्वदलीय बैठक बस्ने जानकारी प्राप्त भएको छ । ती चारै क्षेत्रहरूमा आजै मतगणना सुरु गर्ने बताइएको छ । झापामा  ६४.२४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिए । अघिल्लो निर्वाचन तुलनामा ६.२४ प्रतिशत मत कम खसेको हो । 

निर्वाचन कार्यालयका अनुसार जिल्लामा ७ लाख १३ हजार ५३७ मतदाता रहेकोमा ४ लाख ५८ हजार ३६२ जनाले मतदान गरेका छन् । जसमा पुरुष २ लाख ४२ हजार ५७५ र महिला २ लाख १५ हजार ७८५ जना रहेका छन् । जिल्लाको पाँच वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा १ लाख ३१ हजार ६७ मा ८३ हजार ८२२ मत खसेको छ । क्षेत्र २ मा १ लाख ४७ हजार ५२२ मा ९६ हजार २५३, क्षेत्र ३ मा १ लाख ४० हजार ८५७ मा ८८ हजार ४४९ , क्षेत्र ४ मा १ लाख ३० हजार ७१२ मा ८३ हजार ४६६ र क्षेत्र ५ मा १ लाख ६३ हजार ३७९ मा १ लाख ६ हजार ३७२ मत खसेको जनाइएको छ । 

सम्बन्धित समाचार