२०८३ बैशाख ३ गते , विहीबार
जलथल जंगलमा हात्ती मृत फेला
झापाको जलथल जंगलमा एउटा हात्ती मृत फेला परेको छ । आज दिउँसो ३ः३० बजे कचनकवल गाउँपालिका-७ स्थित दिपज्योती सामुदायिक बनभित्र भाले जाँतको जंगली हात्ती मृत अवस्थामा फेला परेको हो ।
उक्त सामुदायिक बनका पदाधिकारीहरूले डिभिजन बन कार्यालय चन्द्रगढीमा जानकारी गराई डिभिजन बन कार्यालयबाट गएको टोलीले आवश्यक कानुनी प्रक्रिया पुरा गरी सदगत गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको