२०८३ बैशाख २ गते , बुधबार
काठमाडौँमा लुटपाट गर्ने दुई जना बिर्तामोडमा पक्राउ
काठमाडौँबाट लुटपाट गरी फरार भएका दुईजना अभियुक्त बिर्तामोडमा पक्राउ परेका छन् । गएराति ११ बजे बिर्तामोड-१ पाथीभरा सिनेप्लाजा छेउबाट इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको सादा पोसाकको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा इलाम सूर्योदय नगरपालिका-१४ बस्ने ३३ वर्षीय दीपक राई र सुर्खेत चिगर गाउँपालिका-५ बस्ने ४१ वर्षीय रमेश कुँडा मगर रहेका छन् । उनीहरू काठमाडौँ महानगरपालिका –१४ स्थित ध्याङखेलबाट कुटपिट तथा लुटपाट गरी फरार भएका थिए ।