२०८३ बैशाख ३ गते , विहीबार

बुद्धशान्तिमा ट्याक्टरको डालामा ठोक्किँदा घाइते मोटरसाइकल चालकको मृत्यु

sajilo news
झापा
२०८२ माघ २६ गते , सोमबार
बुद्धशान्तिमा ट्याक्टरको डालामा ठोक्किँदा घाइते मोटरसाइकल चालकको मृत्यु

झापाको बुद्धशान्तिमा ट्याक्टरको डालामा मोटरसाइकल ठोक्किँदा घाइते चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका-६ निवासी अन्दाजी ३५ वर्षीय प्रवीण आङदेम्बे रहेको प्रहरीले जनाएको छ ।

माघ २४ गते राति साढे १० बजेको समयमा बुद्धशान्ति गाउँपालिका-२ स्थित इन्द्रेणी चोकको भित्री सडक खण्डमा बुधबारेबाट जयपुर तर्फ जाँदै गरेको प्र.१-०१-०१७ प ३५१४ नम्बरको मोटरसाइकलले बाटोमा रोकी राखेको मे १ त ७७६७ नम्बरको ट्याक्टरको पछाडि डालामा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार दुवै जना घाइते भएका थिए । घाइतेमध्ये मोटरसाइकल चालक आङदेम्बेको आज दिउँसो साढे २ बजे उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको छ ।

मोटरसाइकलको पछाडि सवार पाँचथर फाल्गुनन्द गाउँपालिका ७ घर भई हाल बिर्तामोड नगरपालिका १ बस्ने ४८ वर्षीय हरि आगंदम्बे पनि घाइते भई बीएण्डसी अस्पतालमा उपचाररत छन् ।  ट्याक्टर र ट्याक्टर चालकलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ ।  

सम्बन्धित समाचार