२०८३ बैशाख ३ गते , विहीबार

झापाको हात्ती प्रभावित क्षेत्रमा बाघ, मार्‍यो दुईवटा बाख्रा

sajilo news
रासस
२०८२ माघ २६ गते , सोमबार
झापाको हात्ती प्रभावित क्षेत्रमा बाघ, मार्‍यो दुईवटा बाख्रा

झापाको हात्ती प्रभावित क्षेत्रमा बाघ देखा परेपछि स्थानीय त्रसित बनेका छन् । मेचीनगरको बाहुनडाँगीमा बाघले बाख्रा मारेपछि स्थानीय त्रसित बनेका हुन् । 

गएराति ११ बजेतिर मेचीनगर नगरपालिका-४ बाहुनडाँगी निवासी वीरबहादुर राईको खोरभित्र बाँधिराखेको बाख्रा बाघले आक्रमण गरी मारेको हो । दुई वटा ब्याउने बाख्रा बाघले मार्दा अन्दाजी ४० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार