२०८२ माघ २६ गते , सोमबार

हात्तीको आक्रमणबाट ६ वर्षीया बालिकाको मृत्यु

sajilo news
झापा
२०८२ माघ २५ गते , आईतबार
हात्तीको आक्रमणबाट ६ वर्षीया बालिकाको मृत्यु

कञ्चनपुरमा हात्तीको आक्रमणमा परि एक बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । लालझाँडी गाउँपालिका–६ स्थित चानदेवका किसन सिंह साउँदको घरमा हात्तीले आक्रमण गर्दा साउँदका ६ वर्षिया छोरी रोजिना साउँदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । 

प्रहरीका अनुसार गएराति करिब २:३० बजेको समयमा जंगली हात्तीले साउँदको घरमा आक्रमण गरेको थियो । घरमा हात्तीको आक्रमण भएपछि भाग्ने क्रममा साउँदका ५५ वर्षीया आमा पार्वती साउँद घाइते भएकी छन् ।

घाइतेको महेन्द्रनगरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रेफर गरिएकोमा घाइते बालिकाको उपचारका क्रममा धनगढीस्थित नवजीवन अस्पतालमा मृत्यु भएको हो । 

सम्बन्धित समाचार