२०८२ माघ २६ गते , सोमबार
स्कुटरको ठक्करबाट घाइते अर्जुनधाराका बास्कोटाको मृत्यु
स्कुटरको ठक्करबाट घाइते भएका झापा अर्जुनधाराका राजन बास्कोटाको उपचारका क्रममा मृत्यु भएको छ । बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा गएराति ९:१० बजे अर्जुनधारा नगरपालिका-३ निवासी ४५ वर्षीय बास्कोटाको मृत्यु भएको हो ।
माघ २१ गते बिहान ६ः३० बजे अर्जुनधारा-३ गरुवा चौकस्थित बिर्तामोड– खुदुनाबारी सडक खण्डमा बिर्तामोडबाट खुदुनाबारीतर्फ जाँदै गरेको प्र १–०१–०१८ प १६७ नम्बरको स्कुटरले बाटो क्रस गर्दै गरेका पैदल यात्री बास्कोटालाई ठक्कर दिएको थियो । उनलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको थियो ।
स्कुटर चालक इलाम माई नगरपालिका-३ बस्ने ३५ वर्षीया अमृता राई र स्कुटर प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।