२०८२ माघ २६ गते , सोमबार
ठगी गरेको आरोपमा बिर्तामोडका सिटौला पक्राउ
ठगी गरेको आरोपमा बिर्तामोडका बालकृष्ण सिटौला पक्राउ परेका छन् । प्रहरी कार्यालय बिर्तामोडको टोलीले शुक्रबार दिउँसो १ बजे
बिर्तामोड नगरपालिका-२ रामचोक निवासी ४७ वर्षीय सिटौलालाई घरबाटै पक्राउ गरेको हो । झापा जिल्ला अदालतको आदेश अनुसार ठगी मुद्दाका प्रतिवादी सिटौलालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ ।