२०८३ बैशाख ३ गते , विहीबार

बिर्तामोडमा डान्स बारका सञ्चालक पक्राउ

sajilo news
रासस
२०८२ माघ २३ गते , शुक्रबार
बिर्तामोडमा डान्स बारका सञ्चालक पक्राउ

बिर्तामोड । बिर्तामोड नगरपालिका-१ पश्चिम बस स्ट्यान्डनजिक रहेको नाइट लाइफ डान्स बारका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति ११;५० बजे नाइट लाइफ डान्स बार रातको अबेरसम्म खुल्ला रहेको भन्दै इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी नायव निरीक्षक जबरबहादुर बस्नेतको टोलीले सोही डान्स बारका सञ्चालक बिर्तामोड ४ बस्ने ३२ वर्षीय भरत राजवंशीलाई नियन्त्रणमा लिएको हो । उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । प्रहरीले बिर्तामोडका डान्सवारहरुमाथि कडाइ गर्दै आएको छ । 

सम्बन्धित समाचार