२०८३ बैशाख ३ गते , विहीबार
दमकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु
झापाको दमकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम जिल्ला चुलाचुली गाउँपालिका ४ निवासी २२ वर्षीय प्रवेश राई र सोही ठाउँका १९ वर्षीय जनम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार आज दिउँसो साढे ३ बजेको समयमा दमक नगरपालिका १ बरगाछीस्थित भित्री सडकखण्डमा दमकबाट रामचोकतर्फ जाँदै गरेको मे १ ख २८८४ नम्बरको टिपर र दुर्गा मन्दिरबाट पेल्टीमारीतर्फ जाँदै गरेको प्र १–०१–०१८ प ८३०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार दुवै जना घाइतेलाई उपचारको लागि दमक अस्पताल पठाइएकोमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो । यता टिपर चालक उदयपुर त्रियुगा ९ रातमाटे निवासी ३२ वर्षीय हिबराज राय, टिपर र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ