२०८३ बैशाख ३ गते , विहीबार

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु

sajilo news
झापा
२०८२ माघ २१ गते , बुधबार
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा रसुवाको नौंकुण्ड गाउँपालिका–२ यार्सा निवासी २० वर्षीया युवती योमाया तामाङको मृत्यु भएको छ । 

तामाङ सवार बा प्र ०२०५० प ८३१२ नम्बरको मोटरसाइकल पासाङल्हामु सडक खण्डको कालिका गाउँपालिका–२ को लामाटोलमा सोही दिशाबाट आउँदै गरेको ना ५ ख ६३३२ नम्बरको टिपरको ठक्करबाट गम्भीर घाइते अवस्थामा त्रिशूली अस्पताल पठाइएको थियो । 

घाइतेलाई एम्बुलेन्सबाट उपचारका लागि त्रिशूली अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकको जाँच लगतै उनको मृत्यु भएको घोषणा गरिएको हो । टिपर चालक नुवाकोट तादी गाउँपालिका–६ गैरीगाउँका २९ वर्षीय कामीसिङ तामाङलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पठाएको छ । 

२० वर्षीय मोटरसाइकल चालक नौंकुण्ड– १ का युवराज घलेको दाहिने खुट्टामा चोट रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजु शाहले जानकारी दिएका छन् । 

सम्बन्धित समाचार