२०८३ बैशाख ३ गते , विहीबार

होटल मेची क्राउनमा बसेका एक भारतीय ग्राहकको मृत्यु

sajilo news
झापा
२०८२ माघ २० गते , मंगलबार
होटल मेची क्राउनमा बसेका एक भारतीय ग्राहकको मृत्यु

मेचीनगरस्थित होटल मेची क्राउनमा बसेका एक भारतीय ग्राहकको मृत्यु भएको छ । सोमबार बिहान ३ बजे मेचीनगर नगरपालिका-८ स्थित होटल मेची क्राउनमा बसेका भारत पश्चिम बंगाल उत्तर दिनाजपुर बस्ने ५६ वर्षीय माफिजुद्धिन सरकारको मृत्यु भएको हो । 

श्रीमती ४६ वर्षीया डिलोरा बीबीसहित मेची क्राउनमा बसेका माफिजुद्धिनको स्वास्थ्यमा अचानक समस्या आएको थियो । उनको उपचारको लागि उनकी श्रीमतीले हिजो बिहान ११ बजे शिखर अस्पताल धुलाबारीमा लिएर गएकी थिइन् । त्यहाँ उपचार हुन नसकी थप उपचारको लागि बीएण्डसी अस्पताल पुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो । थप कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार