२०८३ बैशाख ३ गते , विहीबार

बाह्रदशीमा दुर्घटना, एकै परिवारका तीनजना घाइते

sajilo news
झापा
२०८२ माघ १८ गते , आईतबार
बाह्रदशीमा दुर्घटना, एकै परिवारका तीनजना घाइते

झापाको बाह्रदशीमा भएको सवारी दुर्घटनामा एकै परिवारका तीनजना घाइते भएका छन् । आज दिउँसो २ बजे बाह्रदशी २ स्थित हुलाकी राजमार्गमा रामचोकबाट राजगढ बजार दक्षिणतर्फ जाँदै गरेको मे १ च ३७६६ नम्बरको सामान बोक्ने छोटा हात्तीलाई सोही दिशातर्फ जाँदै गरेको बीआर ३७ जे ४२८६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी- ४ बस्ने ४५ वर्षीय मेघराज राजवंशी, पछाडि सवार उनकी श्रीमती ४० वर्षीया नयनसरी राजवंशी र छोरी ७ वर्षीया भावना राजवंशी घाइते भएका हुन् । तीनै जना घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । दुवै सवारी साधन र छोटा हात्ती चालक हल्दीबारी २ बस्ने ३८ वर्षीय रुद्रबहादुर वनलाई इलाका प्रहरी कार्यालय राजगढले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार