२०८३ बैशाख ३ गते , विहीबार

भद्रपुर र काँकडभिट्टा लागूऔषधसहित तीनजना पक्राउ

sajilo news
झापा
२०८२ माघ १८ गते , आईतबार
भद्रपुर र काँकडभिट्टा लागूऔषधसहित तीनजना पक्राउ

झापाको भद्रपुर र काँकडभिट्टा लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । हिजो दिउँसो १ बजे भद्रपुर –४ डाँगीवारिमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर– ४ करेला चोक बस्ने ४८ वर्षीय भवानी लिम्बूलाई नियन्त्रणमा लिएको हो ।

शंका लागेर चेकजाँच गर्ने क्रममा साइकल चालक लिम्बूले मलद्वारभित्र प्लास्टिकको पोका पारी प्लास्टिकबाहेक ४ग्राम ८१० मिलिग्राम ब्राउनसुगर लुकाएका थिए ।

त्यस्तै हिजो दिउँसो ४ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मेचीनगर– ६साठीबिघामा भारतको पानीट्यांकी हाँडीगाउँबाट मेची खोलाको बाटो हुँदै आउँदै गरेका बुद्धशान्ती-३ राधा टोल बस्ने २६वर्षीय कवीन्द्र बस्नेत र सोही ठाउँ बस्ने २५ वर्षीय श्याम धिमाललाई पक्राउ गरेको हो ।

खानतलासी लिने क्रममा बस्नेतले लगाएको जिन्स पाइन्टको गोजीमा प्लास्टिकबाहेक ६ ग्राम ६५० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार