२०८३ बैशाख ३ गते , विहीबार
बिर्तामोडमा बिजुलीको पोलमा स्कुटर ठोक्किँदा चालकको मृत्यु
बिर्तामोडमा स्कुटर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । आज राति ८:२५ बजे बिर्तामोड नगरपालिका ७ खोपवारीस्थित भित्री पक्की सडक खण्डमा प्याकुरेल चौकबाट बुट्टावारीतर्फ जाँदै गरेको प्र १–०१–०१३ प ९१९९ नम्बरको स्कुटर आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको हो । दुर्घटनामा स्कुटर चालक बिर्तामोड वडा न।७ बस्ने ३५ वर्षीय सुभाष मादेन गम्भीर घाइते भएका थिए ।
टाउकोमा चोट लागेका घाइते मादेनलाई उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा ल्याई डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । मृतकको शव सोही अस्पतालको लास घरमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।