२०८३ बैशाख ३ गते , विहीबार

दमकमा आगलागी, दुईवटा घर जलेर नष्ट

sajilo news
झापा
२०८२ माघ १६ गते , शुक्रबार
दमकमा आगलागी, दुईवटा घर जलेर नष्ट

झापाको दमकमा आगलागी हुँदा दुईवटा घर जलेर नष्ट भएको छ । आज दिउँसो ३ः४३ बजे दमक १ सूर्योदय टोल बस्ने ५७ वर्षीय हर्कबहादुर कुमालको काठ र टिनले बनेको एकतले कच्ची घरमा विद्युत् सर्ट भई आगलागी भएको थियो । नजिकै रहेको उनका भाइ ५० वर्षीय हरिबहादुर कुमालको काठले बनेको टिनको छानो भएको एकतले कच्ची घरमा समेत उक्त आगो सल्किएको थियो ।

दुवै घर पूर्णरुपमा जलेर नष्ट हुँदा करिब ७ लाख बराबरको क्षति भएको छ । हर्कबहादुर कुमालको घरभित्र रहेको आधा तोला सुन,खाद्यान्न लत्ताकपडा, फर्निचर जल्दा अन्दाजी ४ लाख बराबरको क्षति भएको छ भने उनका भाइ हरिबहादुर कुमालको घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा,फर्निचर गरी अन्दाजी ३ लाख बराबरको क्षति भएको छ ।

उक्त आगो दमक नगरपालिका, कमल गाउँपालिका र मोरङको उर्लाबारी नगरपालिकाको दमकलको सहयोगमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोली ,सशस्त्र प्रहरीको टोली र स्थानीयबासीद्वारा साँझ ४ः५० बजे पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार