२०८३ बैशाख ३ गते , विहीबार

गोरखापत्रले माग्यो पत्रकारदेखि प्रशासनसम्मका कर्मचारी

sajilo news
काठमाडौं
२०८२ माघ १६ गते , शुक्रबार
गोरखापत्रले माग्यो पत्रकारदेखि प्रशासनसम्मका कर्मचारी

गोरखापत्र संस्थानले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ। लोक सेवा आयोगबाट स्वीकृत पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका बमोजिम रिक्त रहेको स्थानमा दरखास्त आह्वान गरेको हो। 

माग गरिएका पदमा पत्रकारितातर्फ नायब कार्यकारी सम्पादक, समाचारदाता, फोटो पत्रकार र पेज डिजाइन सहायकलगायत छन्। यस्तै प्रशासन अधिकृत, लेखा अधिकृत, बजार अधिकृत, लेखापाल माग गरिएको छ।  प्राविधिकतर्फ वरिष्ठ प्रेसम्यान, सहायक प्रेसम्यान, वरिष्ठ इलेक्ट्रिसियन, प्रेस डिजाइनर, कनिष्ठ बुक बाइण्डर र हेल्परलगायत माग गरिएको छ।

खुला तथा समावेशी समूहमा प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि इच्छुक नेपाली नागरिकहरूलाई रीतपूर्वक दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ। इच्छुक व्यक्तिले सूचनामा उल्लेख भएबमोजिम प्रक्रिया पूरा गरी गोरखापत्र संस्थान, केन्द्रीय कार्यालय, धर्मपथ, काठमाडौँमा दरखास्त पेश गर्न सक्नेछन्। 

सम्बन्धित समाचार