२०८३ बैशाख ३ गते , विहीबार

बिर्तामोड नगरपालिकामा एउटा वडा थप्ने प्रस्ताव

sajilo news
झापा
२०८२ माघ १५ गते , विहीबार
बिर्तामोड नगरपालिकामा एउटा वडा थप्ने प्रस्ताव

बिर्तामोड नगरपालिकाको वडा नम्बर २ लाई दुईवटा वडा बनाउने प्रस्ताव गरिएको छ। नगरपालिकाको दोस्रो नगर सभाको आठौँ अधिवेशनको समापन कार्यक्रमअन्तर्गत आयोजित खुला सत्रमा बोल्दै वडा नम्बर २ का वडाध्यक्ष किशोर पौडेलले वडा विभाजनको माग गर्दै विशेष प्रस्ताव प्रस्तुत गरेका हुन् ।

वडाध्यक्ष पौडेलले साबिक चारपाने गाविसका वडा नम्बर २, ३, ४, ५, ६, ७, ८ र ९ हाल वडा नम्बर २ अन्तर्गत रहेकाले क्षेत्रफल, पूर्वाधार र जनसङ्ख्याको दृष्टिले व्यवस्थापन गर्न कठिन भएको बताए। सोही आधारमा नयाँ वडा गठनको प्रस्ताव अघि सारिएको उनले स्पष्ट पारे ।

उनले साबिक वडा नम्बर २, ३, ४ र ५ लाई वडा नम्बर २ तथा साबिक वडा नम्बर ६, ७, ८ र ९ लाई वडा नम्बर ११ कायम गर्न प्रस्ताव सभामा प्रस्तुत गरेका हुन् ।

वडाध्यक्ष पौडेलले प्रस्तुत गरेको विशेष प्रस्ताव सभाबाट पारित भएको नगर प्रमुख पवित्रा महतारा प्रसाईँले जानकारी दिइन्। उनले उक्त प्रस्ताव प्रक्रियाका लागि सरकारको सम्बन्धित निकायमा पेस गरिने बताइन्।

नगर प्रमुख प्रसाईँले नगरपालिका निर्माण गर्दा भौगोलिक अवस्थालाई पर्याप्त ध्यान नदिई सीमाङ्कन गरिएकाले वडा नम्बर २ र वडा नम्बर १० अत्यधिक ठूलो रहेको उल्लेख गरिन्।

सम्बन्धित समाचार