२०८३ बैशाख ३ गते , विहीबार

कोशी, बागमती र गण्डकीमा आज हिमपात र वर्षा हुने

sajilo news
झापा
२०८२ माघ १५ गते , विहीबार
कोशी, बागमती र गण्डकीमा आज हिमपात र वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाले आज देशका तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु / कुहिरो लाग्ने जनाएको छ। आज बिहान जारी बुलेटिनमा कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात / वर्षाको सम्भावना रहेको छ ।

आज राती तराई भू-भागका केही स्थानहरूमा हुस्सु , कर्णाली र सुदूरपश्चिम प्रदेश लागायत कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात / वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ।

सम्बन्धित समाचार