२०८३ बैशाख ३ गते , विहीबार

मेचीनगरमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

sajilo news
झापा
२०८२ माघ १४ गते , बुधबार
मेचीनगरमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

मेचीनगर । झापाको मेचीनगरमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा घाइते एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका- ७ गरामनीकी ५४ बर्षीया कल्पना भण्डारीको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । माघ ११ गते दिउँसो १ः३० बजे मेचीनगर- ७ नमुना टोलस्थित भित्री सडक खण्डमा काँकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको मे ९ प ६३९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–०१७ प ४२६५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा ६३९४ नम्बरको मोटरसाइकल चालक बिर्तामोड- ७ निवासी ६४ वर्षीय भोजराज भण्डारी सामान्य घाइते भएका थिए भने पछाडि सवार उनकी श्रीमती कल्पना गम्भीर घाइते भएकी थिइन् । टाउको र शरीरमा चोट लागेकी कल्पनालाई बीएण्डसी अस्पताल लगिएको थियो । उनको आज बिहान १०ः१५ बजे उपचारको क्रममा मृत्यु भएको हो । ४२६५ नम्बरको मोटरसाइकल चालक मेचीनगर नगरपालिका- ६ निवासी ४३ वर्षीय युवराज मुखियालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार