२०८३ बैशाख ५ गते , शनिबार
तथ्यहीन अभिव्यक्ति दिने युवराज सफल पक्राउ
प्रहरीले युवराज सफल भनिने युवराज पौडेललाई पक्राउ गरेको छ। सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जती गरेको आरोपमा मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।
महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताको बारेमा विभिन्न किसिमका नकारात्मक, अपशब्द, गाली गलौज, बेइज्जती तथा विभिन्न मुद्दामा रकम लेनदेन गरी मुद्दा फिर्ता लिने कार्य गरेको भनी बनाएका भिडियो र दिएका अन्तर्वार्तामा झुटा आरोप लगाइएको भन्दै पक्राउ गरिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
पौडेललाई तीन दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।