२०८३ बैशाख ५ गते , शनिबार
दुर्घटनामा परी घाइते भएका बिर्तामोडका मुस्लिमको मृत्यु
मोटरसाइकल दुर्घटनामा परी घाइते भएका बिर्तामोड नगरपालिका–६ का १८ वर्षीय समर मुस्लिमको मृत्यु भएको छ । उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा आज दिउँसो ३ः३० बजे मृत्यु भएको हो । मृतकको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।
गत पुस ३० गते साँझ ५ः३० बजे बिर्तामोड–६ किरात चोकस्थित भित्री सडक खण्डमा बुट्टावारिबाट किरात चोकतर्फ जाँदै गरेको मे २ प ६५७८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मुस्लिम घाइते भए।