२०८३ बैशाख ५ गते , शनिबार

झापामा रुखबाट लडेर एकजनाको मृत्यु

sajilo news
झापा
२०८२ माघ १० गते , शनिबार
झापामा रुखबाट लडेर एकजनाको मृत्यु

झापा गाउँपालिकामा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । हिजो बिहान १०:३० बजे झापा गाउँपालिका-६ फुलगाछी बस्ने ४५ वर्षीय तुलाराम राई सोही ठाउँमा रहेको रानी वनमा रुखमा चढी बाख्राको लागि घाँस काट्ने क्रममा अचानक रुखबाट लडेर घाइते भएका थिए ।

उनलाई उपचारको लागि बिर्ता सिटी अस्पताल बिर्तामोड ल्याई उपचार गराउने क्रममा दिउँसो १२.२० बजे मृत्यु भएको हो । सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार