२०८३ बैशाख ३ गते , विहीबार
सिमखोलामा सवारी दुर्घटना, एकजनाको मृत्यु
बागमती । कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सिमखोला पुल नजिक सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।
सर्लाहीको वरथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको हो । मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार सर्लाहीबाट काठमाडौँतर्फ गइरहेको मधेश प्रदेश ०३–००१ च ६७२१ नम्बरको गाडी बिहीबार बिहान दुर्घटना भएको हो।
घाइते भएका वरथवा नगरपालिका- १ का २५ वर्षीय रामवली साह र १६ वर्षीय छोटे पासवानको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।