२०८३ बैशाख ३ गते , विहीबार

झापामा गुडिरहेको ट्याक्टरबाट लडेर सहचालकको मृत्यु

sajilo news
झापा
२०८२ माघ ७ गते , बुधबार
झापामा गुडिरहेको ट्याक्टरबाट लडेर सहचालकको मृत्यु

झापाको शिवसताक्षीमा गुडिरहेको ट्याक्टरबाट लडेर सहचालकको मृत्यु भएको छ । आज साँझ ६ बजे शिवसताक्षी ६ जामबारीस्थित झिलझिले–कुञ्जीवारि पक्की सडक खण्डमा विष्णु चोकबाट जनता चोकतर्फ जाँदै गरेको मे १ त ७५६३ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरका सहचालक सोही ठाउँ बस्ने २२ वर्षीय नारायण राजवंशीको मृत्यु भएको हो ।

अचानक गुडिरहेको ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारको लागि आंम्दा अस्पताल दमक लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । ट्याक्टर चालक सोही ठाउँ बस्ने ३० वर्षीय नितेस घिमिरे र ट्याक्टर इलाका प्रहरी कार्यालय शिवगंजको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार