२०८३ बैशाख ३ गते , विहीबार
बिर्तामोडमा पिकअपको ठक्करबाट वृद्धाको मृत्यु
बिर्तामोडको जात्रुवारीमा पिकअपको ठक्करबाट वृद्धाको मृत्यु भएको छ । आज दिउँसो १२ः५५ बजे बिर्तामोड ५ जात्रुबारीस्थित भित्री सडक खण्डमा रहेको किराना पसलमा सामान लोड गरी ब्याक गर्ने क्रममा मे१ज १८०४ न। को सामान बोक्ने पिकअप गाडीले पैदल यात्रु सोही ठाउँ बस्ने वर्ष ८१ की श्रीमाया लिम्बूलाई पिकअपको पछाडिको भागले ठक्कर दिएको थियो ।
\दुर्घटनामा गम्भीर घाइते भएकी लिम्बूलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार गराउने क्रममा दिउँसो १ः३० बजे मृत्यु भएको हो । पिकअप चालक बुद्धशान्ति ३ बस्ने वर्ष ३१ का हरिप्रसाद काफ्ले र पिकअप इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।