२०८३ बैशाख ३ गते , विहीबार

सशस्त्र प्रहरीको स्मृतिमा शिलालेख अनावरण

sajilo news
झापा
२०८२ माघ ५ गते , सोमबार
सशस्त्र प्रहरीको स्मृतिमा शिलालेख अनावरण

सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे क्वा झापाले वीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीको स्मृतिमा स्मारक निर्माण गरी शिलालेख अनावरण गरेको छ।

संगठनको २५औँ स्थापना दिवसको अवसरमा झापाको दमक नगरपालिका–३, बेलडाँगीमा स्व. सशस्त्र प्रहरी सहायक हवल्दार दिनेश बिकको सम्झनामा निर्माण गरिएको शिलालेख गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले अनावरण गरेका हुन् ।

कार्यक्रममा अमर सशस्त्र प्रहरीका परिवारजन, स्थानीय भद्रभलाद्मी तथा सशस्त्र प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो। स्व. दिनेश बिक २०६३ साल वैशाख ३ गते कर्तव्यपालनको क्रममा वीरगति प्राप्त गरेका थिए। उनको साबिक टाघनडुब्बा गाविस–९ (हाल झापा गाउँपालिका–३, टाघनडुब्बा) स्थायी घर भई तत्कालीन सशस्त्र प्रहरी बल भुटानी शरणार्थी सुरक्षा बेस, बेलडाँगीमा कार्यरत थिए ।

कार्यक्रममा बोल्दै गर्दै गणपति भण्डारीले देश, जनता र संगठनको सुरक्षाका लागि कर्तव्यपालन गर्दै वीरगति प्राप्त गर्ने अमर सशस्त्र प्रहरी कर्मचारीहरूको बलिदान सदा स्मरणीय रहने बताए। संगठनले सम्भव भएसम्म घटना घटेकै स्थान वा उपयुक्त स्थानमा यस किसिमका स्मारक तथा शिलालेख निर्माण गर्दै आएको उनको भनाई छ । 

सम्बन्धित समाचार