२०८३ बैशाख ३ गते , विहीबार
देउनियाँ खोलामा डुबेर एकजनाको मृत्यु
भद्रपुर नगपालिका-१० सुकुम्वासी बस्तीस्थित देउनियाँ खोलामा डुबेर एकजनाको मृत्यु भएको छ । आज बिहान १०ः५० बजे देउनियाँ खोलामा डुबेर भद्रपुर ७ का ३६ वर्षीय ताला मर्डीको मृत्यु भएको हो । उनी खोलामा घोप्टो परि डुबी मृत अवस्थामा फेला परेका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटिएर शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । पोस्टमार्टमपश्चात् मृतककी श्रीमती उर्मिला टुडुले शव बुझिलगेको प्रहरीले जनाएको छ ।