२०८३ बैशाख ५ गते , शनिबार

मेचीनगरमा भारतीय ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

sajilo news
झापा
२०८२ पौष १८ गते , शुक्रबार
मेचीनगरमा भारतीय ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

झापाको मेचीनगरमा भारतीय ट्रकको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु भएको छ । गएराति ८ः१५ बजे मेचीनगर नगरपालिका ६ कालीखोला पुलस्थित पूर्वपश्चिम राजमार्गमा काँकडभिट्टाबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र १ –०१–०१३ प ५८८८ नंम्बरको स्कुटरलाई सोही दिशातर्फ आउँदै गरेको पीबी ०२ बीआर ७७६५ नम्बरको मालवाहक भारतीय ट्रकले पछाडिबाट ठक्कर दिएको हो । दुर्घटनामा हुँदा स्कुटर चालक मेचीनगर ६ बस्ने अन्दाजी ३३ वर्षीया लक्ष्मी साह गम्भीर घाइते भएकी थिइन् ।

उनलाई उपचारको लागि आम्दा अस्पताल धुलाबारी पठाइएकोमा राति ९ः१५ बजे घाइतेलाई डाक्टरले चेकजाँच गरी मृत घोषणा गरेका छन् । मृतकको शव सोही अस्पतालमा राखिएको छ ।

स्कुटर , ट्रक र चालक भारत पन्जाब अमृतसर जिल्ला भोलेबाबा बस्ने वर्ष ३६ का संदिप सिंह इलाका प्रहरी कार्यालय काँकडभिट्टाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार