२०८३ बैशाख ५ गते , शनिबार

बिर्तामोडमा नक्कली नागरिकतासहित एक व्यक्ति पक्राउ

sajilo news
झापा
२०८२ पौष १७ गते , विहीबार
बिर्तामोडमा नक्कली नागरिकतासहित एक व्यक्ति पक्राउ

झापाको बिर्तामोडमा नक्कली नागरिकतासहित एक व्यक्ति पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका–३ स्थित शिवम् मिठाइ पसलमा खाजा खान आएका शिवसताक्षी नगरपालिका– ११ निवासी २३ वर्षीय पप्पु ठाकुरलाई नक्कली नागरिकतासहित प्रहरीले पक्राउ गरेको हो ।

पसल सञ्चालकले जिल्ला प्रशासन कार्यालय झापालाई दिएको गोप्य सूचनाको आधारमा सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँ र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले ठाकुरलाई केही कागजी विवरणसहित हेर्दा नक्कली जस्तो देखिने एक थान नेपाली नागरिकताको प्रमाणपत्रसहित पक्राउ गरेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय झापामा राखेर उनीमाथि थप अनुसन्धान भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईँले बताए ।

सम्बन्धित समाचार