२०८३ बैशाख ५ गते , शनिबार

मालपोत कार्यालय भद्रपुरमा वडाध्यक्षसहित पीडित जग्गाधनि बसे धर्ना

sajilo news
झापा
२०८२ पौष १५ गते , मंगलबार
मालपोत कार्यालय भद्रपुरमा वडाध्यक्षसहित पीडित जग्गाधनि बसे धर्ना

भद्रपुर । झापास्थित भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरमा वडाध्यक्षसहित पीडित जग्गाधनी धर्नामा बसेका छन् । मालपोतका कर्मचारीका कारण जनता सास्तीले पाएको भन्दै बिर्तामोड नगरपालिका–८ का वडाध्यक्ष अजय कार्कीसहितको टोलीले मंगलबार दिउँसो धर्नामा बसेका हुन् । 

नक्कली मोहियानी खडा गरी जग्गा धनीलाई थाहा नदिईकन नै जग्गा बिक्री गर्ने गरेको आरोप लगाउँदै मालपोत कार्यालयमा धर्ना दिएको जनाइएको छ ।

नक्कली मोहियानी खडा गरी जग्गा धनीलाई थाहा नदिईकन नै जग्गा बिक्री कार्य बन्द गर, भूमि सुधार  भू–माफिया हो, आखिर जनतालाई सास्ती कहिलेसम्म भन्ने  प्ले कार्ड बोकेर उनीहरू धर्नामा बसेका थिए । आज दिनको १ः३० बजे देखि सुरु गरिएको धर्ना भोलि पनि बस्ने जनाइएको छ । 

सम्बन्धित समाचार