२०८३ बैशाख २१ गते , सोमबार
भद्रपुरमा आगोले जलेर एक महिला घाइते
भद्रपुर । भद्रपुरमा आगोले जलेर एक महिला घाइते भएकी छिन् । भद्रपुर नगरपालिका-८ स्थित डागीवारी निवासी ३४ वर्षीय रुवी भण्डारीले आफ्नै घर अगाडी भएको फोहोर भेला पारी जलाउने क्रममा अचानक आफूले लगाएको लुगामा आगो लागेको थियो । आगोले उनको दुवै हात, खुट्टा र पेटमा जलेको छ । अवस्था मध्यम रहेको उनको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।