२०८३ बैशाख २३ गते , बुधबार

झापामा रुखबाट लडेर एकजनाको मृत्यु

sajilo news
झापा
२०८२ मंसीर २८ गते , आईतबार
झापामा रुखबाट लडेर एकजनाको मृत्यु

झापामा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । आज बिहान ८ः३० बजे शिवसताक्षी नगरपालिका-२ इन्द्रेणी चोक बस्ने ७१ वर्षीय आनन्दहाङ लिम्बू आफ्नै बारीमा रहेको पिपलको रुखमा चढी घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएका थिए ।

घाइतेलाई दमक अस्पताल दमक लगिएकोमा उपचारका क्रममा बिहान १०ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार