२०८३ बैशाख २३ गते , बुधबार

भद्रपुरको कुखुरा फर्ममा आगलागी, २५०० चल्ला मरे

sajilo news
झापा
२०८२ मंसीर २८ गते , आईतबार
भद्रपुरको कुखुरा फर्ममा आगलागी, २५०० चल्ला मरे

भद्रपुर नगरपालिका–९ स्थित केदारेश्वर मन्दिर नजिक रहेको प्रकाश बहुउद्देश्यीय कुखुरा फर्ममा आगलागी हुँदा ठुलो क्षति भएको छ।

गएराति करिब १०ः१० बजे एक दिनका बोइलर चल्लालाई ताप दिन प्रयोग गरिएको ग्यास ब्रुडरबाट ग्यास चुहावट भई निस्किएको आगो बाँसबाट निर्मित छत (चित्रा) सम्म फैलिँदा आगलागी भएको पोल्ट्री फार्मका सञ्चालक दिवाकर मैनालीले जानकारी दिए।

आगलागीबाट फार्ममा रहेका करिब २,५०० वटा बोइलर चल्ला जलेर नष्ट भएका छन्। साथै, चल्लाका लागि भण्डारण गरिएको २५ बोरा स्टार्टर दाना, धानको भुस, विद्युतीय सामग्री, तार जडान (वायरिङ), फिडर, ड्रिन्कर तथा पानी आपूर्ति प्रणालीलगायतका सम्पूर्ण सामग्रीहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

 

सम्बन्धित समाचार