२०८३ बैशाख २३ गते , बुधबार
उपचारका क्रममा कैदीबन्दीको मृत्यु
वीरगञ्ज कारागारमा कैदभुक्तान गर्दै आएका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगञ्ज महानगर–१२ मुर्लीका ३७ वर्षीय अनिल महतो रहेका छन्। वीरगञ्ज कारागारका प्रशासक बाबुलाल रेग्मीले उपचारका क्रममा एकजना सवारी ज्यान मुद्दाका कैदीबन्दी महतोको मृत्यु भएको जानकारी दिए।
“कैदीबन्दीलाई स्वास्थ्यमा अप्ठ्यारो हुनेबित्तिकै नारायणी अस्पताल पुर्याएका थियौँ तर उहाँको उपचारका क्रममा मृत्यु भएको हो”, उनले भने। महतोलाई सवारी ज्यान मुद्दामा अदालतबाट तीन वर्ष कैद सजाय र रु. दुई हजार जरिवाना तोकिएको थियो।