२०८३ बैशाख २३ गते , बुधबार

मेचीनगरमा गाईले हान्दा एक व्यक्ति घाइते

sajilo news
झापा
२०८२ मंसीर २६ गते , शुक्रबार
मेचीनगरमा गाईले हान्दा एक व्यक्ति घाइते

झापाको मेचीनगरमा गाईले हानेर एक जना गम्भीर घाइते भएका छन् । हिजो साँझ ६ बजे मेचीनगर– २ बहादुरगञ्ज बस्ने बद्री निरौलाले सञ्चालन गरेको गाई फर्ममा काम गर्ने सोही ठाउँका ६५ वर्षीय धनबहादुर कार्कीलाई गाईले हानेर घाइते बनाएको हो । उनलाई बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । छातीमा चोट लागेका घाइते कार्कीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार