भद्रपुर महोत्सवमा लागूऔषध दुर्व्यसनी सम्बन्धी वक्तृत्वकला प्रतियोगिता सम्पन्न
भद्रपुर । दोस्रो भद्रपुर महोत्सवमा लागूऔषध दुर्व्यसनी सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । भद्रपुर युवा परिवारद्वारा भद्रपुर-६ स्थित गिरी चोकमा आयोजित महोत्सवमा लागूऔषध दुर्व्यसनी सम्बन्धी वक्तृत्व कला प्रतियोगितामा सामुदायिक तथा निजी गरी ५ वटा विद्यालयको सहभागिता रहेको थियो ।
उक्त प्रतियोगितामा मुनाल एकाडेमीका भूमिका घले प्रथम भएकी छिन् । उनलाई नगद ४ हजारले पुरस्कृत गरिएको थियो । त्यस्तै द्वितीय इस्ट पोइन्टकी श्रद्धा नेपाल, तृतीय इस्ट पोइन्टका सञ्जल घिमिरे र चौथो डोल्मा मेमोरियल स्कुल सञ्चिता तामाङ र वीरेन्द्र माविका प्रकाश तामाङ भएका छन् । द्वितीय, तृतीय र चौथो हुने विद्यार्थीहरूलाई क्रमशः ३ हजार, दुई हजार र ५ सय रुपैयाँबाट पुरस्कृत गरिएको थियो । युवा परिवारका अध्यक्ष भरत यादवको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ६ नम्बर वडाध्यक्ष रतिया राजवंशी, ४ नम्बर वडाध्यक्ष हंशधर राजवंशी, वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक मोतीलाल योञ्जन, शुभारम्भ फाउन्डेसन नेपालका अध्यक्ष रुपेश कडरिया लगायतका जनप्रतिनिधि, क्लबका प्रतिनिधि, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन कृति राईले गरेकी थिइन् ।
साथै भद्रपुर महोत्सवमा हरेक दिन साँझ साङ्गीतिक कार्यक्रम साथै विभिन्न मनोरञ्जन सामग्रीका खेलहरू प्रदर्शन राखिएको छ । सोही बमोजिम आज महोत्सवमा गायिका ज्योति मगरको प्रस्तुति रहने जनाइएको छ ।