२०८३ बैशाख २३ गते , बुधबार

पैसाको लागि विवाहमा गाउँछन् ‘आशिकी’का नायक राहुल

sajilo news
एजेन्सी
२०८२ मंसीर २१ गते , आईतबार
पैसाको लागि विवाहमा गाउँछन् ‘आशिकी’का नायक राहुल

‘वस एक सनम चाहिए,
आषिकीके लिए…’

यो गीत सुन्ने जो कोहीले पनि सन १९९० को ब्लक बस्टर चलचित्र ‘आशिकी’ र सो चलचित्रका अभिनेता राहुल रायलाई सम्झन्छन् । यो चलचित्रका मुख्य अभिनेता राहुल रायले त्यसपछि थप केही चलचित्रमा पनि अभिनय गरे । तर उनको पहिलो चलचित्र ‘आशिकी’ जस्तो ब्लक बस्टर कुनै पनि चलचित्र भएन । तिनै राहुल राय आज धेरैका लागि बेखबर छन् । यी अभिनेतालाई अहिले जीविकोपार्जनको लागि साह्रै गाह्रो भएको छ ।

५९ वर्षका अभिनेता राहुलसँग अहिले कुनै काम छैन । न उनीसँग कुनै चलचित्र छ । यस्तो अवस्थामा उनी आजकाल निकै थोरै रकममा मुम्बईबाट धेरै टाढा गाउँको विवाह समारोहमा पुगेर गाउने तथा नाच्ने गर्छन् । उनले विवाहमा गाएको भाइरल भिडियोहरू आजकाल सामाजिक सञ्जालमा धेरै देख्न पाइन्छ ।

राहुल रायले गितार समातेर ‘आषिकी’को शीर्षक गीतमा प्राय अभिनय गरेको विवाह समारोहमा देख्न पाइन्छ । यसरी आजकाल उनलाई बिहारमा हुने धेरै जसो विवाहमा नाच्न गाउन बोलाउने क्रम बढेपछि प्रशंसकहरूले अभिनेता राहुल रायको बारेमा गहिरो चिन्ता व्यक्त गर्न थालेका छन् । जका कारण केहीले उनको ट्रोलसमेत बनाउने गरेका छन् ।

‘चलचित्रका चर्चित नायकले बिहारीहरूको विवाहमा गएर नाच्दा लज्जित हुनु पर्ने हैन र ?’ यस्तो प्रतिक्रिया आउन थालेपछि राहुलले भिख मागेर खानु भन्दा काम गरेर खानु राम्रो भन्ने जवाफ दिने गरेका छन् । मुम्बई जस्ता ठुला नगरमा गएर विवाहमा प्रस्तुत हुँदा अरू कलाकारको टिप्पणी गरिँदैन । तर बिहारलाई अहिले पनि हेर्ने दर्शकको नजर फरक भएको अभिनेता राहुलको कथन छ । यस्तो टिप्पणीले आफूलाई अझ धेरै प्रेरणा मिल्ने गरेको जवाफ उनले दिने गरेका छन् ।

सम्बन्धित समाचार