२०८३ बैशाख २३ गते , बुधबार

पोखरीमा डुबेर महिलाको मृत्यु

sajilo news
झापा
२०८२ मंसीर २० गते , शनिबार
पोखरीमा डुबेर महिलाको मृत्यु

मोरङको जहदा गाउँपालिका–५ सोहलस्थित पोखरीमा एक महिलाको डुबेर मृत्यु भएको छ । आज बिहान करिब ८ बजे पोखरीमा एक महिलाको शव भेटिएसँगै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी मझारेबाट प्रहरी निरीक्षक शेखर कार्कीको नेतृत्वमा गएको प्रहरीको टोलीले कानुनी प्रक्रिया पूरा गरी महिलाको शव परीक्षणका लागि कोशी अस्पताल पठाएको थियो । मृत भेटिएकी महिला जहदा गाउँपालिका–४ बस्ने ६० वर्षीया डोम्ना महतो भएको पुष्टि भएको छ ।

सम्बन्धित समाचार