२०८३ बैशाख २३ गते , बुधबार

बिर्तामोडमा राजश्व छलीको सामानसहित तीन वटा गाडी नियन्त्रणमा

sajilo news
झापा
२०८२ मंसीर १८ गते , विहीबार
बिर्तामोडमा राजश्व छलीको सामानसहित तीन वटा गाडी नियन्त्रणमा

झापाको बिर्तामोडबाट ठूलो मात्रामा राजश्व छलीको सामान बरामद गरिएको छ । हिजो दिउँसो अन्दाजी २ बजे बिर्तामोड–९ स्थित धौलापुलमा प्रहरीले तीनवटा गाडीमा अवैध सामान बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक प्रवीण श्रेष्ठको नेतृत्वको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बिर्तामोडबाट भद्रपुरतर्फ जाँदै गरेको मे १ च ६८९२, प्र १–०१–००१ च ७५२४ र मे १ च ४०४५ नम्बरको गाडीमा ठूलो मात्रामा राजश्व छली गरी लैजाँदै गरेको सामान फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

ती गाडीबाट प्रहरीले बच्चाको डाइपर ४१ काटुन्, इन्चान्टर लेखिएको कस्मेटिक सामान १९ काटुन्, चुलबुल लेखिएको रक्सी २ सय काटुन्, गोर्खा बियर १५० काटुन्, ओरियो बिस्कुट १६ काटुन् र सेलो, बिकुल लेखिएको खाने तेल ८० काटुन् बरामद गरेको छ ।

ती सामानसँगै गाडी चालकहरू अर्जुनधारा नगरपालिका ११ बस्ने ४३ वर्षीय दिलीप खड्का, अर्जुनधारा ५ बस्ने ५४ वर्षीय राजाराम खड्का र भद्रपुर १ बस्ने ४७ वर्षीय उदेन राईलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि राजश्व कार्यालय इटहरीमा बुझाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार