२०८३ बैशाख २३ गते , बुधबार
दमकमा हिँड्दा हिँड्दै एक वृद्धको मृत्यु
झापाको दमकमा हिँड्दा हिँड्दै एक वृद्धको मृत्यु भएको छ । आज दिउँसो ४.१५ बजे दमक-५ क्याम्पस मोडमा अर्जुनधारा-४ बस्ने ६२ वर्षीय युवराज पौडेल सडकमा हिँड्ने क्रममा अचानक लडी बेहोस भएका थिए । अचेत अवस्थामा फेला पारी उनलाई उपचारको लागि निम्स अस्पताल दमक लगिएको थियो । अस्पताल पुर्याएर डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।
मृतकको शव सोही अस्पतालमा रहेको छ । इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक विपण विश्वकर्माको कमान्डमा टोली खटिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।