२०८३ बैशाख २३ गते , बुधबार
१३ लाख ७० हजार मूल्य बराबरको काजु बरामद
धनुषा जिल्लाको नगराइन नगरपालिका–२ जटहीस्थित खेतबारीबाट सशस्त्र प्रहरीले मंसिर १५ गते १३ लाख ७० हजार रुपैयाँ चोरीपैठारीको बराबरको काजु बरामद गरेको छ।
भारतबाट अवैध रूपमा भन्सार छली नेपालमा ल्याई लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा नं. ८ गण धनुषाले उल्लिखित मूल्य बराबरको १ हजार ३७० किलोग्राम काजु बरामद गरेको हो। बरामद काजु जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ।