२०८३ बैशाख २३ गते , बुधबार
मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा पत्रकार आचार्यको मृत्यु
स्कुटर दुर्घटना हुँदा शुभकालिका-६ निवासी पत्रकार वीरेन्द्र आचार्यको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका-२, को कार्यालयनजिकै आचार्य सवार स्कुटरलाई मोटरसाइकलले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ ।
मुलपानीबाट भुरेलीतर्फ जाँदैगर्दा २३ वर्षीय यामबहादुर शाहीले चलाएको कर्णाली प्रदेश ०२ ००३ प १७४४ नम्बरको मोटरसाइकलले लुम्बिनी ३६ प ३८८६ नम्बरको स्कुटीलाई ठक्कर दिँदा ३४ वर्षीय आचार्यको मृत्यु भएको हो। उनको टाउको र शरीरको विभिन्न भागमा चोट रहेको प्रहरीले जनाएको छ। उनी प्रेस सेन्टर नेपाल कालीकोटका अध्यक्ष तथा रेडियो तिला आवाजका स्टेसन म्यानेजर हुन्।