२०८२ मंसीर १२ गते , शुक्रबार

आजदेखि १०० रुपैयाँ दरको नयाँ नोट बजारमा

sajilo news
काठमाडौं
२०८२ मंसीर ११ गते , विहीबार
आजदेखि १०० रुपैयाँ दरको नयाँ नोट बजारमा

नेपाल राष्ट्र बैंकले १०० दरको नयाँ नोट बजारमा ल्याएको छ। बैंकले बिहीबार सूचना जारी गरी नयाँ विशेषतासहितको नोट चलनचल्तीमा आएको जानकारी दिएको हो ।

साबिककै आकार तथा रङमा आउन लागेको यो नयाँ नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञा मूलक वाक्यांश राखिएको छ। नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानीछाप छ । नोटको मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्र  छ। 

दृष्टिविहीनले छामेर नोट पहिचान गर्न सक्ने गरी अशोक स्तम्भसँगै एउटा कालो थोप्ला राखिएको छ। त्यस्तै, बायाँतर्फ अण्डाकार भित्र ‘सिल्भर मेटालिक’मा मायादेवीको चित्र छ। सुरक्षाको लागि नोटमा २ मिमि चौडा भएको र सीधा हेर्दा रातो तथा ढल्काएर हेर्दा हरियो रङ देखिने सुरक्षा धागो राखिएको छ।

नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ। तल्लो भागको किनारमा नोटको सिरिज नम्बर नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको छ।

सम्बन्धित समाचार