२०८२ मंसीर १२ गते , शुक्रबार
झापाको बाह्रदशीमा गाँजा खेती, प्रहरीले गर्यो नष्ट
झापाको बाह्रदशीमा अवैध रुपमा गाँजा खेती गर्ने गरेको पाइएको छ । दक्षिणी सीमावर्ती क्षेत्रमा लुकिछिपी ठुलो क्षेत्रफलमा गाँजा खेती गर्ने गरेको भेटिएको हो । बाह्रदशी गाउँपालिका –२ खाडी बस्तीमा गाँजा खेती गरिरहेको भेटिएपछि प्रहरीले नष्ट गरेको छ ।
बुधवार दिउँसो साढे २ बजे खाडी बस्तीमा गाँजा खेती गरिरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय राजगढबाट प्रहरी नायव निरीक्षक दिवसकुमार कार्कीको कमान्डमा ७ जनाको टोली खटिएर गाँजाका २१२ बोट फडानी गरी नष्ट गरेको छ ।