२०८२ मंसीर १२ गते , शुक्रबार

विवाहपञ्चमीमा जानकी मन्दिरका सरसफाइकर्मी सम्मानित

sajilo news
झापा
२०८२ मंसीर १० गते , बुधबार
विवाहपञ्चमीमा जानकी मन्दिरका सरसफाइकर्मी सम्मानित

विवाहपञ्चमीको अवसरमा जानकीमन्दिरले सरसफाइ क्षेत्रमा निरन्तर सेवारत २१ जना कर्मचारीलाई सम्मान गरेको छ।  बुधबार मन्दिर प्रांगणमै निर्माण गरिएको विशेष विवाह मञ्चमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मानपत्र र पुरस्कार प्रदान गरिएको हो। मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासका अनुसार समुदायको स्वच्छता र नगरको सौन्दर्यीकरणमा समर्पित व्यक्तिहरूलाई सम्मानित गरिएको बताए।

उनका अनुसार ‘नगरका वास्तविक पहरेदार’ सफाइ कर्मचारीको योगदानलाई संस्थागत रूपमा कदर गर्नु जरुरी भएकाले यस्तो कार्यक्रम सुरु गरिएको हो।\सीताराम विवाह महोत्सवको अन्तिम दिन अर्थात् रामकलेवाका अवसरमा गरिएको यो विशेष सम्मान कार्यक्रममार्फत मन्दिर प्रशासनले सामाजिक समावेशिता, सम्मान र मानवीय मूल्यबोधलाई प्रवर्धन गर्ने सन्देश दिन खोजेको बताइएको छ।

 

 

सम्बन्धित समाचार