२०८२ मंसीर १२ गते , शुक्रबार
सरोज शर्माको हत्या गर्ने मामा-भान्जा झापा कारागार चलान
झापाको शिवसत्ताक्षी नगरपालिका–१० माईधारका ३३ वर्षीय सरोज शर्माको हत्या गर्ने मामा भान्जा झापा कारागार चलान भएका छन् ।
झापा जिल्ला अदालतले हत्यामा संलग्न शिवसताक्षी –१० माईधारकै मामा २७ वर्षीय सुनिल शाह र उनका भान्जा २३ वर्षीय राहुल साहलाई आज पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । घटनामा संलग्न एक जना आरोपित भने अझै फरार नै रहेका छन् ।
मामा भान्जासहित एक जना भारतीय सरोजको हत्यामा संलग्न देखिएको बताए पनि प्रहरीले ती भारतीयलाई पक्राउ गर्न सकेको छैन । उनको पहिचान पनि खुलाइएको छैन । सरोजलाई सुन लुट्ने योजना बनाएर सुनिल र उनका भान्जा राहुलले गत कात्तिक ९ गते हत्या गरेका थिए । हत्यापछि उनीहरूले सरोजको शव बिरिङ खोलाको पुलमुनि गाडेर गाडी जलाएका थिए ।