गाजाका हजारौं विस्थापितहरू सुरक्षित आश्रयको खोजीमा : युएनआरडब्लुए
काठमाडाैँ । प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजा पट्टीमा हजारौं विस्थापित मानिसहरूले इजरायली इकाईको दुई वर्ष लामो युद्ध पछि हालको चिसो मौसमको लागि सुरक्षित आश्रय खोज्न सङ्घर्ष गरिरहेको बुधबार उल्लेख गरेको छ ।
एजेन्सीले सामाजिक सञ्जाल एक्स मार्फत सुचना सार्वजनिक गरेको हो । एजेन्सिका अनुसार उनीहरूसँग अस्थायी शिविरहरू सिर्जना गर्नु बाहेक कुनै विकल्प नएको जनाउदै थप आश्रयको आवश्यकता रहेको युएनआरडब्लुएले उल्लेख गरेको छ ।
एजेन्सीले युएनआरडब्लुएले व्यवस्थापन गरेको ८५ वटा आश्रय स्थलमा ७९ हजार भन्दा बढी विस्थापित व्यक्तिहरू बसोबास गरेकोसमेत उल्लेख गरेको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफन डुजारिकले हिजो गाजाका धेरै परिवारहरू बाढीको जोखिममा रहेको उल्लेख गर्दै उनीहरु कमजोर तथा सुविदा विहिन आश्रयस्थलहरूमा बसिरहेकाले खराब मौसमको अत्यधिक जोखिममा रहेको चेतावनी दिए ।